फेडेरेर र जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश « Khabarhub

फेडेरेर र जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वीस स्टार रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिच ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

आठौं बरियताका फेडेररले क्रोएसियाका मरिन किलिकमाथि ३–१ को सेटमा कठिन जित निकाले । पसिना पुछ्ने नाममा धेरै समय लिएको भन्दै विपक्षीले प्रश्न गरेपछि अम्पायरबाट चेतावनी पाएका ३९ वर्षीय फेडेररले सुरुआती सेट ६–२ ले जितेर पनि दोस्रो सेट २–६ ले गुमाएका थिए ।

निकै आक्रामक खेलको तेस्रो सेटमा फेडेररले जित निकाल्ट टाइब्रेकको साहरा लिनुपर्‍यो । चौथो सेट भने उनले सहजै ६–२ ले जिते । फेडेररले तेस्रो चरणमा जर्मनीका डोमिनिक कोफरसँग खेल्नेछन् ।

शीर्ष वरियताका नोभाक जोकोभिचले उरुग्वेका पाब्लो क्युभासलाई ६–३, ६–२ र ६–४ को सेटमा हराएर तेस्रो चरणमा प्रवेश गरे । उनले आफ्नो करिअरमै पहिलोपल्ट पाब्लोसँग खेलेका हुन् । जोकोभिच लगातार १६ औं वर्ष फ्रेन्च ओपनको तेस्रो चरणमा पुगे ।

शीर्ष ३२ मा जोकोभिचले लिथुवानियाका रिकार्डास बेरान्किससँग खेल्नेछन् । उनी विश्य वरियतामा ९३ औं स्थानमा छन् । १८ पल्टका ग्राण्डस्लाम विजेता जोकोभिच दोस्रोपल्ट फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा छन् । यसअघि उनले सन् २०१६ मा यो उपाधि जितेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : २७ बजे

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना