फेडेरेर र जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश « Khabarhub

फेडेरेर र जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वीस स्टार रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिच ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

आठौं बरियताका फेडेररले क्रोएसियाका मरिन किलिकमाथि ३–१ को सेटमा कठिन जित निकाले । पसिना पुछ्ने नाममा धेरै समय लिएको भन्दै विपक्षीले प्रश्न गरेपछि अम्पायरबाट चेतावनी पाएका ३९ वर्षीय फेडेररले सुरुआती सेट ६–२ ले जितेर पनि दोस्रो सेट २–६ ले गुमाएका थिए ।

निकै आक्रामक खेलको तेस्रो सेटमा फेडेररले जित निकाल्ट टाइब्रेकको साहरा लिनुपर्‍यो । चौथो सेट भने उनले सहजै ६–२ ले जिते । फेडेररले तेस्रो चरणमा जर्मनीका डोमिनिक कोफरसँग खेल्नेछन् ।

शीर्ष वरियताका नोभाक जोकोभिचले उरुग्वेका पाब्लो क्युभासलाई ६–३, ६–२ र ६–४ को सेटमा हराएर तेस्रो चरणमा प्रवेश गरे । उनले आफ्नो करिअरमै पहिलोपल्ट पाब्लोसँग खेलेका हुन् । जोकोभिच लगातार १६ औं वर्ष फ्रेन्च ओपनको तेस्रो चरणमा पुगे ।

शीर्ष ३२ मा जोकोभिचले लिथुवानियाका रिकार्डास बेरान्किससँग खेल्नेछन् । उनी विश्य वरियतामा ९३ औं स्थानमा छन् । १८ पल्टका ग्राण्डस्लाम विजेता जोकोभिच दोस्रोपल्ट फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा छन् । यसअघि उनले सन् २०१६ मा यो उपाधि जितेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : २७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका