साउदीमा बक्यौता भुक्तानीपछि मात्रै एक्जिट भिसा दिइने « Khabarhub

साउदीमा बक्यौता भुक्तानीपछि मात्रै एक्जिट भिसा दिइने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदीबाट एक्जिट भिसा पाउन बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने नियम लागू भएको छ । नेपालीको रोजगार गन्तब्य साउदी सरकारले अब एक्जिट भिसा लगाउनु अघि गाडी, मोबाइल, बैंकलगायत अन्यको बिल भुक्तानी गरेको हुनुपर्ने नयाँ प्रावधान ल्याएको हो ।

साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात) कार्यलयले अनुसार बुधबार अर्थात जुन २ तारिखदेखि नै साउदी अरब छोड्ने एक्जिट भिसाका सम्बन्धमा बिभिन्न नियमहरु सार्वजनिक गरेको छ ।

एक्जिट भिसा लिनु, दिनु अघि जाने ब्यक्तिका नाममा गाडी दर्ता देखिनु हुन्न, कुनै पनि तिरन तारण (जस्तैः मोबाइलका बिल, बैंकका लोन आदि) बाँकी देखिन नहुने जनाएको छ ।

एक्जिट भिसा म्याद सामान्यतयाः ६० दिनको हुन्छ तर वर्तमान नयाँ नियम (सुविधा) बमोजिम कामदार स्वयमले निकालेको एक्जिट भिषाको म्याद १५ दिनको मात्रै हुन्छ, अर्थात यो भिसा जारी भएको मितिले १५ दिनभित्र साउदी अरब छोडिसक्नु पर्ने पासपोर्ट महानिर्देशनालयलाई उदृत गर्दै साउदी गजेटले जनाएको छ ।

तोकिएको म्याद भित्र कामदारले साउदी नछोडेमा कम्पनी या मालिकले एक हजार रियाल जरिमाना तिर्नुपर्नेछ । यसैगरी, करार अवधि नसकिदै साउदी छोडेमा पुन: फर्किन नपाउने गरी प्रतिबन्ध लगाइने महानिर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : २७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार