कोरोना संक्रमितको उपचारमा दया फाउण्डेशनको सहयोग « Khabarhub

कोरोना संक्रमितको उपचारमा दया फाउण्डेशनको सहयोग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दया फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा चुनौती तथा समस्याको समाधानमा राहत पुर्‍याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पताललाई चिकित्सा उपकरण प्रदान गरेको छ ।

फाउण्डेसनले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमा अहिलेसम्म ६ थान हाई फ्लो नेशलक्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थानथर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।

कोभिड–१९ को कारणले सिङ्गो राष्ट्र स्वास्थ्य सङ्कटमा परेको यस विषम घडीमा आफ्नो संस्था सक्रिय रुपमा अगाडी बढी थोरै नै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै समन्वय गरिदिन भएकोमा सम्बन्धित सबैलाई धन्यवाद पनि दिए ।

संस्थाले सहयोग गरेको अस्पतालहरु विशेषत निम्न आयवर्ग भएकाको उपचारको लागी लक्षित भएको हुँदा यस सहयोगले विपन्न वर्गको कोभिड–१९ को उपचारमा टेवा पुर्‍याउने फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले बताए ।

संस्थाबाट कोभिड सम्बन्धी कार्यक्रमहरुको समन्वय तथा संयोजन गर्दै आएका संस्थाका पूर्व अध्यक्ष किपा माथेमाका अनुसार फाउण्डेशनले विविध स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने मात्र नभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिम आयोजना गरिने बताए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ११ : १८ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण