पूर्वमन्त्री बास्कोटाको टिप्पणी : कहिल्यै जंगल नटेक्नेले चुरे दोहनको हल्ला गर्छन « Khabarhub

पूर्वमन्त्री बास्कोटाको टिप्पणी : कहिल्यै जंगल नटेक्नेले चुरे दोहनको हल्ला गर्छन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ढुंगा, बालुवा, गिट्टी उत्खननका विषयमा आएका प्रतिक्रियाको टिप्पणी गरेका छन् ।

उनले देशभित्र उपलब्ध साधनस्रोतलाई बेचेर नै लाभ लिनुपर्ने बताए ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री बास्कोटाले विभिन्न मुलुकले आफ्नो देशमा भएका खनिजजन्य पद्धार्थ बेचेर धनी भएको बताएका छन् । उनले नेपालले आफ्नो उपलब्ध साधनस्रोतलाई बेच्नु अनौठो नभएको तर्क गरेका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन गरेर ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्ने कुरा बजेटमा प्रष्ट उल्लेख भएपनि विरोधका लागि विरोध भइरहेको उनको टिप्पणी छ ।

उनले भनेका छन्, ‘पुल, सडक, भवन आदि बन्नु पर्ने तर निर्माण सामग्री उत्पादन हुन नमिल्ने ? साथै पेट्रोलियम, फलाम, ओखती, मेसिनरी उत्पादन हुनेले त्यस्तै चीज बेचेर धनि भएका छन् । फरक यत्ति मात्र हो कि वातावरण बिग्रन दिनु भएन। जुन कुरा अर्थमन्त्रीले भनेकै छन् त ।’

उनले जंगल नटेक्नले नै चुरे दोहनलाई लिएर विरोध गरिरहेको भन्दै कटाक्षसमेत गरेका छन् । ‘किन बिरोधमा पापड पेलिरहेका होलान् ? जङ्गल नटेक्नेका कुरा’ उनले ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ११ : ३१ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा