आगलागीमा परेर किरियापुत्री बसेका एक दम्पतीको मृत्यु | Khabarhub Khabarhub

आगलागीमा परेर किरियापुत्री बसेका एक दम्पतीको मृत्यु


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का–सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका एक दम्पतीको मृत्यु भएको छ ।

गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए ।

सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको आफ्नै घरमा लागेको आगोमा परेर मृत्यु भएको हो ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १२ : २८ बजे

महिला आयोगकी सदस्य आफैंले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष

काठमाडौँ-राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले आफैंलाई आयोगको

बैंककमा सडक भासिँदा यातायात अवरुद्ध

एजेन्सी– बुधबार बैंककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि

तातोपानी नाकाबाट भित्रिए सय कन्टेनर, रसुवागढीमा बेलिब्रिज हाल्ने तयारी 

काठमाडौं – तातोपानी नाका जोड्ने अरनिको राजमार्ग सञ्चालनमा आएपछि चीनतर्फ

साल्ट ट्रेडिङ कर्पोरेसन झापामा २२८ मेट्रिक टन रासायनिक मल मौज्दात

झापा– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर– जेन-जी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको