सरकारी गाडीमा ‘डेटिङ’ गएका आयोजना प्रमुखमाथि कारबाही शुरू | Khabarhub Khabarhub

सरकारी गाडीमा ‘डेटिङ’ गएका आयोजना प्रमुखमाथि कारबाही शुरू


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले निषेधाज्ञाको समयमा सार्वजनिक स्थलमा ‘डेटिङ’ गएका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुखलाई कारबाही गर्न निर्देशन दिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई निर्देशन दिएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नयाँ शहर आयोजना प्रमुख श्रेष्ठले सरकारी गाडीको दुरुपयोग गरेकाले कारबाही गर्न भन्दै गृहमन्त्रालबाट पत्र आएको बताए ।

‘हामीलाई गृहमन्त्रालबाट सरकारी गाडी दुरुपयोगका विषयमा कारबाही अघि बढाउन आजै मात्र पत्र आएको छ ।’ खबरहबसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘हामी सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’

श्रेष्ठ गत आइतबार बिहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवतीसहित स्वयम्भू पुगेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र तस्वीरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा उनको परिचय खुलेको हो ।

आइतबार बिहान करिब ११ बजेको समयमा सेतो नम्बर प्लेटको सरकारी गाडीमा युवती लिएर उनी स्वयम्भू डाँडामा पुगि ‘डेटिङमा मस्त’ रहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो ।

यो पनि पढौँ

सरकारी गाडी लिएर ‘डेटिङ’मा स्वयम्भू पुग्ने व्यक्तिको परिचय खुल्यो, के होला कारबाही ?

निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भू पुगेर एक जोडी ‘डेटिङमा लिप्त’

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ३ : ५७ बजे

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र

मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने

मुस्ताङ – मुस्ताङको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई