अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन् « Khabarhub

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्


१० पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र कुलमान घिसिङ केही समयपछि एकै ठाउँमा आउने दाबी गरेका छन्।

विगठित प्रतिनिधि सभामा स्वतन्त्र सांसद सिंहले काठमाडौं महानगरपालिकाका मेयर साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री घिसिङ एकै ठाउँमा आउने दाबी गरेका हुन्।

काठमाडौं महानगरपालिकाका मेयरसँग ललितपुरमा भएको संवादपछि बाहिरिएका उनले पुराना दलको भ्रष्टाचार र कुरीति अन्त्य गर्न नयाँ मिल्नुको विकल्प नभएको बताए ।

‘पुराना दलले गरिरहेको भ्रष्टाचार र देशमा ल्याएको अस्थिरतालाई अन्त्य गर्न बालेन, कुलमान र रवि एक ठाउँमा आउनुहुन्छ’, सिंहले सञ्चारकर्मीसँग भने, ‘सबै वैकल्पिक शक्तिहरू सहकार्य गरेर जाने विषयमा कुरा सकारात्मक छ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : २६ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष