यी ११ न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न मागसहित सर्वोच्चमा निवेदन (पूर्णपाठ) « Khabarhub

यी ११ न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न मागसहित सर्वोच्चमा निवेदन (पूर्णपाठ)


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालको रोष्टरमा रहेका ११ जना न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न मागसहित सर्वोच्चमा निवेदन पेश भएको छ ।

प्रतिनिधिसमा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठन गरिने संवैधानिक इजलासमा ११ जना न्यायाधीशलाई नराख्न मागसहित अधिवक्ता राजाराम घिमिरेले निवेदन पेस गरेका हुन् ।

अधिवक्ता घिमिरेले न्यायाधीशहरु दीपक कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न मागसहित निवेदन पेश गरेका हुन् ।

उनले ती न्यायाधीशको स्वार्थ बाझिने भन्दै संवैधानिक इजलासमा नराख्न माग गरेका हुन् । स्वार्थ बाझिएका न्यायाधीशहरुबाहेकको इजलास गठन गरी सुनुवाइ गर्न उनले माग गरेका हुन् ।

उनले पेश गरेको निवेदनमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदद्वारा अनुमोदित न्यायधाधीशहरुको विश्वव्यापी आचार सिद्धान्त समेतलाई मध्यनजर गरी आवश्यक परे रोष्टर थपघट गरी उपरोक्त न्यायाधीशहरुरहितको संवैधानिक इजलास गठन गरी सुनुवाइ गरी पाउन विनम्र अनुरोध गर्दछौँ ।’

यस्तो छ सर्वोच्चमा पेश भएको निवेदन

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ६ : १४ बजे

तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना

काठमाडौं– तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै सो बस्तीमा बसोबास गर्ने बासिन्दाहरू आज

स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन परिपत्र 

काठमाडौं– स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई

संसद्‍मा कांग्रेसले भन्यो- संवेदनशील निकाय पदाधिकारी हटाएर सरकारले भ्याक्युम बनायो

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका