ललितपुर महानगरले कोरोनाले मृत्यु भएका परिवारलाई १ लाख दिने « Khabarhub

ललितपुर महानगरले कोरोनाले मृत्यु भएका परिवारलाई १ लाख दिने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाले कोरोना भाइरसका संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले शुक्रबार पत्रकार सम्मेलन गरी कोरोनाको दोस्रो भेरिन्टबाट मृत्यु भएकाहरुलाई १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

‘आज मात्र निर्णय भएको हो, अब महानगर क्षेत्रमा कोरोनाले ज्यान गुमाएकाहरुको तथ्यांक संकलन गर्छौँ’, महर्जनले खबरहबसँग भने, ‘वैशाखयता मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गर्नेछौँ ।’

त्यस्तै आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई उपचार खर्च बापत रु ५० हजार र अस्पताल भर्ना भइ कोभिड जितेकाहरुलाई २५ हजार रुपैयाँ प्रदान गरिने समेत उनले बताए ।

कोरोना संक्रमितहरुको सहजताका लागि महानगरले अक्सिजन सहितको अत्याधुनिक आइसोलेसन सेन्टर समेत सञ्चालन गरेको छ । आगामी आइतबारबाट महानगरका विभिन्न वडाहरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण समेत गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ६ : ४३ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी