सिनोभ्याकको खोपले पायो नेपालमा प्रयोगको अनुमति « Khabarhub

सिनोभ्याकको खोपले पायो नेपालमा प्रयोगको अनुमति


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ ।

सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो । विभागीय निर्णयअनुसार सिनोभ्याकको खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।

विभागले यसअघि नै चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइसकेको छ । ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि सिनोभ्याकले उत्पादन गरेको उक्त खोपलाई यसैसाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमित दिएको थियो ।

यससँगै चीनमा उत्पादन भएका दुई खोपलाई डब्लुएचओले आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओले यसअघि नै सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।

सिनोभ्याकले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, टर्की र थाइल्याण्डमा प्रयोग गरिएको थियो । ती देशमा खोप लिएका आधाभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिएको, शतप्रतिशत व्यक्तिमा गम्भीर बिरामी र अस्पताल भर्ना हुनुपर्ने अवस्था नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त खोप १८ वर्षमाथिका व्यक्तिले लगाउन सक्ने डब्लुएचओले जनाएको छ । सिनोभ्याकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियत तापक्रममा सामान्य ‘रेफ्रिजेरेटर’मा भण्डारण गरेर राख्न सकिने छ । चीनले दुई चरणमा गरेर नेपाललाई १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी भारतले पनि १० लाख डोज कोभिसिल्ड खोप नेपालाई अनुदान दिएको छ ।

तत्काल १० लाख डोज ल्याउने

विभागले सिनोभ्याकको खोपलाई नेपालमा प्रयोग अनुमति दिएसँगै उत्पादक कम्पनीको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले आयातका लागि अनुमित मागेको छ । विभागले आयात अनुमति दिएसँगै उक्त कम्पनीले सिनोभ्याकको खोप नेपाल भित्र्याउने छ ।

विभागबाट अनुमति पाएसँगै आयात अनुमतिका लागि आवेदन दिइएको बायोमेटिक्स प्रालिका निर्देशक बिके भण्डारीले बताए । बायोमेटिक्सले उक्त खोपको उपभोक्ता मूल्य प्रतिडोज रु दुई हजार १०० तोकेर विभागसमक्ष आयात अनुमति मागेको छ । उक्त मूल्यमा सबै खर्च समावेश भएको छ ।

“विभागले सिनोभ्याकको खोपको प्रयोगलाई अनुमति दिएसँगै कोभिड महामारी नियन्त्रण गर्न सरकार र जनतासमक्ष हातेमालो गर्न हामीले उक्त खोप जतिसक्दो चाँडो नेपाल ल्याउन आयात अनुमति मागेका छौँ’, उनले भने, “आइतबारसम्म आयात अनुमति पाउने अपेक्षा गरेका छौँ ।”

२० दिनभित्र १० लाख डोज खोप नेपाल ल्याउने गरी आयात अनुमति मागेको उनले जानकारी दिए । बायोमेटिक्सले १० लाख खोप भण्डारणका लागि काठमाडौँमा भण्डारण गृह पनि निर्माण गरिसकेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : ४५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग