१ हजार ८२६ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति) « Khabarhub

१ हजार ८२६ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर हाल १ हजार ८२६ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

१ हजार ४२२ आईसीयूमा र ४०४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा २१२ जना आईसीयूमा र ५२ जना भेन्टिलेटरमा, प्रदेश २ मा ११२ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७१६ जना आईसीयू र २५२ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १४४ जना आईसीयूमा र ३३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा १५८ जना आईसीयूमा र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी कर्णालीमा ४८ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् भने सुदूरपश्चिम प्रदेशमा ३२ जना आईसीयूमा र ११ जनाको भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : ०१ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको