प्रधानन्यायाधीशको प्रश्न : १४६ भित्र भद्रगोल छ के गर्ने ? | Khabarhub Khabarhub

प्रधानन्यायाधीशको प्रश्न : १४६ भित्र भद्रगोल छ के गर्ने ?


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटन मुद्दामा रिट निवदेन पेस गरेका १४६ ‘सांसद’ भित्र भद्रगोल रहेको भन्दै यस्तो अवस्थामा के गर्ने भनेर प्रश्न गरेका छन् ।

आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा उनले सभामुखका कानुन व्यवसायी मेघराज पोखरेललाई यस्तो प्रश्न गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले भने, ‘तपाईंले एकाउन्टेबेली (जवाफदेहीता) को कुरा गर्नु भयो । अहिले त १४६ भित्र भद्रगोल छ नि त ! योभित्र मोरालिटी लागू हुन्छ कि हुँदैन ? यो दुवै पक्षलाई लाग्ला नि ? यहाँ त भद्रगोल छ नि !’

साथै, प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतले रिट निवेदकहरूको संख्याका आधारमा ‘प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनु कत्तिको संवैधानिक हुन्छ ?’ भनेर पनि सोधेका छन् ।

‘१ सय ४६ जना अदालतमा आएका छन् । अब उनीहरूसँग बहुमत छ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्त गर्न मिल्छ त ? के ७६ (५) अनुसार अदालतले त्यसो गर्नु संवैधानिक हुन्छ त ?’, जबराको प्रश्न थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : ५४ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर