प्रधानन्यायाधीशको प्रश्न : १४६ भित्र भद्रगोल छ के गर्ने ? « Khabarhub

प्रधानन्यायाधीशको प्रश्न : १४६ भित्र भद्रगोल छ के गर्ने ?


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटन मुद्दामा रिट निवदेन पेस गरेका १४६ ‘सांसद’ भित्र भद्रगोल रहेको भन्दै यस्तो अवस्थामा के गर्ने भनेर प्रश्न गरेका छन् ।

आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा उनले सभामुखका कानुन व्यवसायी मेघराज पोखरेललाई यस्तो प्रश्न गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले भने, ‘तपाईंले एकाउन्टेबेली (जवाफदेहीता) को कुरा गर्नु भयो । अहिले त १४६ भित्र भद्रगोल छ नि त ! योभित्र मोरालिटी लागू हुन्छ कि हुँदैन ? यो दुवै पक्षलाई लाग्ला नि ? यहाँ त भद्रगोल छ नि !’

साथै, प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतले रिट निवेदकहरूको संख्याका आधारमा ‘प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनु कत्तिको संवैधानिक हुन्छ ?’ भनेर पनि सोधेका छन् ।

‘१ सय ४६ जना अदालतमा आएका छन् । अब उनीहरूसँग बहुमत छ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्त गर्न मिल्छ त ? के ७६ (५) अनुसार अदालतले त्यसो गर्नु संवैधानिक हुन्छ त ?’, जबराको प्रश्न थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : ५४ बजे

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट