स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न पाइने « Khabarhub

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न पाइने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण स्थगित भएका लिखित तथा प्रयोगात्मक परीक्षा अब सञ्चालन गर्न पाइने भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको आइतबार बसेको बैठकले जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी लिखित परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेसँगै उपत्यकाको हकमा परीक्षा सञ्चालन हुने भएको हो ।

परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालन हुने कुनै पनि हल तथा कोठाको आकार अनुसार २५ जना भन्दा बढी मानिस भेला नहुने गरी परीक्षा सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

एकै दिन २५ जना भन्दा बढी परीक्षार्थीहरु जम्मा हुने अवस्था भएमा सिफ्ट प्रणालीमा परीक्षा सञ्चालन गर्ने र परीक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपछि नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनु पर्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षास्थलबाट पूर्ण रुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थीहरुलाई प्रवेश गराउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी माक्स र सेनिटाइजरजको उचित प्रयोग गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ०१ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’