प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का | Khabarhub Khabarhub

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानविन शुरु भएको छ ।

प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्कामा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानबिन शुरु गरेको हो ।

यही साउन १६ गते प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा प्रि–स्याटको परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।

परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि अर्को प्रश्नपत्र तयार गरेर डेढ घण्टा ढिलो जाँच लिइएको थियो । युएनको अनपोल मिसनमा जान प्रि–स्याटमा पास भएका कर्मचारीले पुनः स्याटको परीक्षा उत्तीर्ण हुनुपर्छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ०२ बजे

भारत र चीनको विरोधमा नेविसंघको मशाल जुलुस (तस्बिरहरू)

काठमाडौँ- प्रमुख सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ त्रिचन्द्र क्याम्पसले

सङ्खुवासभालाई ऊर्जाको राजधानी बनाउनुपर्छ : मन्त्री खड्का

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई भौगोलिक सुन्दरताको पहिचान

समावेशी गणतन्त्रको सपना अपूरो छ : अध्यक्ष प्रचण्ड

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व

आयात ११ र निर्यात ९५ प्रतिशतले बढ्यो, डिजेललाई उछिन्यो सोयाबिन तेलले

काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा नेपालको वैदेशिक व्यापार गत