पूर्ण खोप लगाएका नेपालीले यूएई प्रवेश पाउने  (मापदण्डसहित) « Khabarhub

पूर्ण खोप लगाएका नेपालीले यूएई प्रवेश पाउने  (मापदण्डसहित)


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) ले (कोभिड–१९) विरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र (भिसा) भएका नेपालसहित ६ देशका व्यक्तिलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ ।

यूएईले तोकिएको मापदण्ड पूरा गरेका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा नागरिकलाई प्रवेश अनुमति दिन लागेको हो ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईले बिहीबार अर्थात् ५ अगस्टदेखि लागू हुने गरी नेपाली नागरिकलाई यूएई प्रवेश खुला गरेको जनाएको छ । यूएईले लामो समय देखि नेपाललगायत १६ देशका यात्रुलाई प्रतिबन्ध लगाएको थियो।

यी हुन् नयाँ मादपण्ड

१. यूएईको आवासीय भिसा भएका र यूएईमा कोभिड-१९ विरुद्धको दुवै मात्रा खोप लगाई सोको प्रमाणपत्र लिएका ।

२. यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका निम्न व्यक्तिहरू-

– यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति,

– यूएईमा कार्यरत स्वास्थ्यकर्मी,

– यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक,

– यूएईमा उपचार चलिरहेका व्यक्ति,

– विशेष मानवीय परिस्थिति भएका व्यक्ति ।

यस्ता छन् प्रक्रिया

१. यूएईको Federal Authority for Identity and Citizenship बाट यूएई प्रवेशका लागि अनुमति लिनुपर्ने ।

२. ४८ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्ने ।

३. नेपालको विमानस्थलमा Rapid Test हुने ।

४. यूएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने ।

५. क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नु पर्नेछ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ११ : ५५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी