बझाङ सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध « Khabarhub

बझाङ सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बाहुलीखोलामा आएको बाढीका कारण बझाङ सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।

सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी रहेको छ ।

वर्षायाम भएकाले जिल्लाका दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क रहनसमेत चौधरीले आग्रह गरे । सोही पहिरोले सुर्मा–२ को सेनडोगडी विद्युत् प्रालिको पावरहाउस पनि जोखिममा छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १ : १५ बजे

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन राख्न सिफारिस

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस गरिएको

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या

ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं– सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको