यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ « Khabarhub

यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको आशंकामा छानविनका क्रममा  प्रहरी प्रधान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीकै साइबर ब्यूरोमा कार्यरत एक जना र युएन शाखामा कार्यरत कार्यालय सहयोगी एक एक पक्राउ परेका छन् । उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ ।

युएन मिसनको परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानविन भइरहेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । खबरहबसँग उनले भने, ‘प्रश्नपत्र बाहिरिएको प्रसङ्ग आएपछि हामीले विशिष्ट श्रेणीका अधिकृतको नेतृत्वमा समिति गठन गरेर छानविन गरिरहेका छौँ । अहिले नै थप कुरा बताउन मिल्दैन ।’

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी महानिरीक्षक (आइजीपीको) को सचिवालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा छानविन समिति गठन भएको छ । मङ्गलबार गठित छानविन समितिमा एसएसपी, एसपी, डिएसपी र इन्सपेक्टर सदस्य छन् ।

छानविन समितिका एक अधिकारीका अनुसार यूएन शाखामा कार्यरत कार्यालय सहयोगीले प्रश्नपत्र निकालेको पाइएको छ । उनका अनुसार प्रश्नपत्र युएन शाखाका प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर राणाले आफू बस्ने टेबुलको घरामा राखेर चाबी लगाएर हिडेका थिए ।

कार्यालय सहयोगीले अर्को चाबी प्रयोग गरी घर्रा खोलेर प्रश्नपत्र निकालेर एक जना प्रहरी हवल्दारलाई दिए । ती हबल्दारले त्यो प्रश्नपत्र कहाँ पुर्‍याए भन्ने विषयमा छानविन भइरहेको ती अधिकारीले बताए ।

यही साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा सात वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।

प्रहरी प्रवक्ता कुँवरका अनुसार प्रश्नपत्र ‘लिक’ भएको कुरा आएपछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्र तयार गरेर तोकिएको समयभन्दा डेढघण्टा ढिलो परीक्षा लिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : २४ बजे

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान

अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता

काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट

ओखलढुंगाका मानेभञ्ज्याङ ७ का मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै

मेचीनगरमा १०४ वर्षीय वृद्धाले गरिन् मतदान

झापा– प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक

पहिलोपटक मतदान गर्दा खुसी देखिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– झापा–५ क्षेत्रमा पहिलो पटक मतदान गरेका जेन-जी मतदाताहरूले प्रतिनिधिसभा