श्रीमती हत्याको आरोपमा पक्राउ | Khabarhub Khabarhub

श्रीमती हत्याको आरोपमा पक्राउ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घरयासी विवादमा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौँको चमतीबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ चमती बस्दै आएकी २८ वर्षीया बबिता राईको हत्या गरेको आरोपमा उनका ३३ वर्षीय श्रीमान रामेश्वर गोतामेलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार आज (बुधबार) बिहान करिब १ बजेतिर हत्या भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

खबरहबसँग कुरा गर्दै एसपी बस्नेतले भने, ‘हत्याको सूचना लगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा घाँटी थिचेर हत्या गरेको देखिएको छ। शरीरमा कुनै हतियार प्रयोग गरिएको देखिएन ।’

एसपी बस्नेतका अनुसार पक्राउ परेका उनको श्रीमानले घरयासी विवादका कारण हत्या गरेको स्वीकारेका छन् । उनीहरूबीच करिब ५ वर्षअघि विवाह भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : ०० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर