श्रीमती हत्याको आरोपमा पक्राउ « Khabarhub

श्रीमती हत्याको आरोपमा पक्राउ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घरयासी विवादमा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौँको चमतीबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ चमती बस्दै आएकी २८ वर्षीया बबिता राईको हत्या गरेको आरोपमा उनका ३३ वर्षीय श्रीमान रामेश्वर गोतामेलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार आज (बुधबार) बिहान करिब १ बजेतिर हत्या भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

खबरहबसँग कुरा गर्दै एसपी बस्नेतले भने, ‘हत्याको सूचना लगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा घाँटी थिचेर हत्या गरेको देखिएको छ। शरीरमा कुनै हतियार प्रयोग गरिएको देखिएन ।’

एसपी बस्नेतका अनुसार पक्राउ परेका उनको श्रीमानले घरयासी विवादका कारण हत्या गरेको स्वीकारेका छन् । उनीहरूबीच करिब ५ वर्षअघि विवाह भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : ०० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी