काठमाडौँ उपत्यकामा बढे कोरोना संक्रमित, एकैदिन १ हजार २७९ जनामा संक्रमण « Khabarhub

काठमाडौँ उपत्यकामा बढे कोरोना संक्रमित, एकैदिन १ हजार २७९ जनामा संक्रमण


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार (हिजो)को भन्दा बढी हो । मंगलबार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन् । योसहित देशभरी कोरोना संक्रमितको संख्या ४ हजार १०७ थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : ४७ बजे

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता