१२७ किलो गाँजासहित तीन जना पक्राउ « Khabarhub

१२७ किलो गाँजासहित तीन जना पक्राउ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् । आज बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्गबाट भारत वैशालीका ३८ वर्षीय रामराज सहनी, भारत समस्तीपुरका १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नीका ३० वर्षीय रियाजुल अन्सारीलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सडकखण्डमा वीआरइ २८३९ नम्बरको भारतीय ट्रकमा लुकाइछिपाइ ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ५९ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको