धरानमा पहिलो दिन जोनसन एण्ड जोनसन खोप १ हजार ८ जनाले लगाए « Khabarhub

धरानमा पहिलो दिन जोनसन एण्ड जोनसन खोप १ हजार ८ जनाले लगाए


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- धरानमा कोरोना विरुद्धको अमेरिकी खोप जोनसन एण्ड जोनसन १ हजार ८ जनाले लगाएका छन् ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज पहिलो दिन कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप ५०७ जना पुरुष र ५०१ जना महिलाले लगाएका हुन् ।

बुधबार वडा नं. २ को सिंहदेवीस्थित पुरानो बालिका स्कुलमा १२०, वडा नं. ३ को भानु स्मृति माविमा १५०, वडा नं. ४ को हर्दियास्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ५२, वडा नं. ६ को पानवारीस्थित सरस्वती माविमा २१०, वडा नं. ७ को सिद्धि नेवाः परिषदमा १२४, वडा नं. ९ को समिट माविमा १४२ र वडा नं. १० को सैनिक भवनमा २१० जनाले जोनसन एण्ड जोनसन खोप लगाएको स्वास्थ्य महाशाखाका अधिकृत दीपा अधिकारीले जानकारी दिइन् ।

अधिकृत अधिकारीका अनुसार ५० देखि ५४ वर्ष उमेर समुहका ६२१, अति अपाङ्ग तथा पूर्ण अपाङ्ग भएका १९, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु र सरसफाईकर्मीहरु १३९ र वैदेशिक रोजगारमा जाने २२९ जनाले जोनसन एण्ड जोनसन खोप लगाएका हुन् । जोनसन एण्ड जोनसन खोप धरानका लागि ५ हजार आएको उनले बताइन्।

यस्तै, धरान वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा ३५७ जना उद्योगी व्यवसायीले भेरोसेल खोप लगाएका छन् । जसमा २०४ पुरुष र १५३ जना महिलाले खोप लगाएको छ ।

आज छुटेका व्यवसायीहरुले उक्त खोपकेन्द्रमा बिहीबार पनि खोप लगाउनेछन् । उद्योग व्यवसायीका लागि भनेर ७ सय भेरोसेल खोप छुट्याइएको छ । भेरोसेल खोप धरानका लागि ३ हजार आएको छ ।

उक्त खोपकेन्द्रमा साउन २२ र २३ गते ५५ वर्ष उमेर माथिका र मानव अधिकारकर्मी, विमा, लगुवित्त, आईएमई, सहकारी, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लाईन्स क्लब, रोटरी, संघ संस्था, छुटेका संस्थानका कर्मचारी, ईन्टरनेट–केवलमा कार्यरत कर्मचारी, शैलुनलाई भेरोसेल खोप लगाईने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

मेयर तिलक राईको नेतृत्वमा बुधबार धरानका विभिन्न खोप केन्द्रहरुमा अनुगमन समेत गरिएको थियो । मेयर राईको नेतृत्वमा जिल्ला समन्वय समितिका अध्यक्ष एवं खोप संयोजक गोपाल राज भण्डारी, धरानका विभिन्न राजनितिक दलका नेता, उपमेयर मञ्जु भण्डारी, राजस्व महाशाखा प्रमुख एवं सुचना अधिकृत खगेन्द्र प्रसाद भण्डारी, नेपाल रेडक्रस सोसाईटी सुनसरीका सभापति उमेश थापासहितको टोली अनुगमन गर्न खोपकेन्द्रहरुमा पुगेका थिए ।

अनुगमन गर्न पुगेका टोलीले खोपकेन्द्रमा यसपटक एकदमै शान्तिपूर्ण वातावरणमा खोप कार्यक्रम सञ्चालन भएको पाएका थिए ।

यस्तै, साउन २१ गते बिहीबार वडा नं. ११ को लागि ज्ञानोदय मावि, वडा नं. १२ को लागि पब्लिक हाई स्कुल, वडा नं. १४ को लागि दन्तकाली मावि, वडा नं. १६ को लािग चन्द्र सँस्कृति मावि, वडा नं. १७ को लागि पञ्चायत मावि रेल्वे र वडा नं. १९ को लागि किरातेश्वर माविमा खोप केन्द्र रहनेछ ।

यसैगगरी अन्तिम दिन २२ गते शुक्रबार वडा नं. १ को लागि छाताचोकस्थित धरान स्वास्थ्य चौकी, वडा नं. ८ को लागि सभागृह, वडा ५ को लागि पाँचकञ्या स्वास्थ्य चौकी, वडा नं. १३ को लागि आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. १३, वडा नं. १५ को लागि पुर्वाञ्चल ज्ञान चक्षु विद्यालय, वडा नं. १८ को लागि कार्मेल हाई स्कुल र वडा नं. २० को लागि विष्णुपादुका स्वास्थ्य चौकीमा खोप लगाईने स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : ०१ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको