न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी « Khabarhub

न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी भएको छ ।

ढाकामा शुक्रबार भएको खेलमा बंगलादेशले न्युजिल्याण्डलाई ४ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डका कप्तान टम लाथमले अविजित रहदै ६५ रन जोडे । यस्तै विल योङले २२ रन बनाए । बंगलादेशका महेदी हसन र शकिब अल हसनले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

बंगलादेशका मोहमद नाइमले ३९ रन जोड्दा कप्तान ममुदुल्लाह अविजित ३७ रन बनाए । लिटोन दासले ३३ रन जोडे ।  न्युजिल्याण्डका रचिन रवीन्द्रले ३ विकेट लिए ।

जितसँगै बंगलादेशले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ६ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु