न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी « Khabarhub

न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी भएको छ ।

ढाकामा शुक्रबार भएको खेलमा बंगलादेशले न्युजिल्याण्डलाई ४ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डका कप्तान टम लाथमले अविजित रहदै ६५ रन जोडे । यस्तै विल योङले २२ रन बनाए । बंगलादेशका महेदी हसन र शकिब अल हसनले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

बंगलादेशका मोहमद नाइमले ३९ रन जोड्दा कप्तान ममुदुल्लाह अविजित ३७ रन बनाए । लिटोन दासले ३३ रन जोडे ।  न्युजिल्याण्डका रचिन रवीन्द्रले ३ विकेट लिए ।

जितसँगै बंगलादेशले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ६ : ४० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ