कैलालीमा डल्फिन गणना हुँदै | Khabarhub Khabarhub

कैलालीमा डल्फिन गणना हुँदै


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भजनी- कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबार डल्फिन गणना सुरु गरिएको छ ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो ।

दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभएको छ । टीकापुर–भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने छ ।

जमरा कुलो पथरिया सङ्गम, जनकपुर (बेलुवाघाट), सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया सङ्गम, गैरी पथरिया सङ्गम, काढानदी पथरिया सङ्गम, पथरिया काढा मोहना त्रिवेणी, रेप्टीकुलो मोहना नदी सङ्गम, कुशमघाट (मरियाघाट), कुसमघाट मोहना पथरिया सङ्गम, तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक, चौकुर्दी कर्णाली मोहना सङ्गम, कर्णाली सत्तिपुल क्षेत्रमा डल्फिन गणना हुन लागेको अध्यक्ष ढुङ्गानाले बताए ।

यसअघि  पाँच वर्ष अघि एक पटक डल्फिन गणना गरिएको थियो । विसं २०७३ मा ६५ वटाको गणना गरिएकोमा २०७५ सालमा ५५ वटा डल्फिन देखा परेका थिए ।

अध्यक्ष ढुङ्गानाका अनुसार अनुमानित तथ्याङ्कअनुसार यो वर्ष ३५ देखि ४० वटा डल्फिन देखा परेका छन् । पछिल्लो तथ्याङ्क हेर्दा डल्फिनको सङ्ख्या बर्सेनि घटिरहेकाले संरक्षण गर्न आवश्यक रहेको संस्थाका महासचिव जयप्रसाद ढुङ्गानाको भनाइ छ ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा, जैविक विविधता संरक्षण गर्ने भएकाले संरक्षणको लागि एकीकृत रणनीति योजना तयार गर्न गइरहेकाले पनि डल्फिन गणना आवश्यक भएको  उनले बताएका छन् ।

बर्सातको चार महिना असार, साउन, भदौ र असोज महिना पथरिया, काढा, कान्द्रा नदी, गैरीनाला, रेप्टीनालामा गङ्गेटिक डल्फिन देखा पर्छन् भने अन्य समयमा कर्णाली नदीमा देखिने गर्छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ७ : ५५ बजे

अस्ट्रेलियाको बलिङ सामु धरमरायो अफ्रिका : कप्तान कुमिन्सले लिए ६ विकेट

लण्डन – अहिलेसम्म कुनै पनि संरचनाको क्रिकेटमा विश्व च्याम्पियन हुन

क्याफेमा ‘कृषि हाटबजार’

काठमाडौं– क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम,

दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौं– काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं– लगातार अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ