दुर्घटनामा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

दुर्घटनामा तीन जनाको मृत्यु


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी-  कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा भ्यान र अटोरिक्सा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेको जनाइएको छ ।

भ्यान सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावल सामान्य घाइते भएका छन् ।  चालक भने फरार रहेकाले उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : १० बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले