मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा « Khabarhub

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित नरहेको स्वकीय सचिव देउवाले बताए ।

सत्ता गठबन्धनका नेताहरुको बैठकले मन्त्रिपरिषदबारे टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई टुंग्याउन जिम्मेवारी दिइएको छ ।

सत्ता गठबन्धनमा मन्त्रालय संख्या र कुन कुन मन्त्रालय लिने भन्ने विषय टुंगिन सकेको छैन । जसका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ११ : ४६ बजे

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म

चम्पादेवीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन