कांग्रेसको चुनावको चहलपहल « Khabarhub

कांग्रेसको चुनावको चहलपहल


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– नेपाली कांग्रेसको गाउँ/नगर वडा अधिवेशनले जिल्लामा चहलपहल ल्याएको छ । कोरोनाले सुनसान बनेको यहाँ सो पार्टीको वडा तहको निर्वाचनले चहलपहल ल्याएको हो ।

वडातहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका कांग्रेसका कार्यकर्ता पाल्पा आइसकेका छन् । वडा तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा सदरमुकाम तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र आपसमा छलफल, भेला र वहस भईरहेको छ । हिजो हुने भनिएको वडा तहको निर्वाचन भने आन्तरिक कारणले हुन नसकेको कांग्रेस पाल्पाले जनाएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सचिव झपेन्द्र गहिरेका अनुसार पाल्पाका दशवटा स्थानीय तहका ८१ वडामा भदौ २१ गते निर्वाचन हुने छ । पाल्पाको निर्वाचन सम्पन्न गराउन पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई निर्वाचत अधिकृतको जिम्मेवारी दिएको छ ।

वडा तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको निर्वाचन हुने भएको छ । पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिकास्तरको अधिवेशन भदौ २७ गते हुने भएको हो । वडा तहको निर्वाचन सम्पन्न भए पनि स्थानीय तहको निर्वाचनले कार्यकर्ता जिल्लामै रहने भएका हुने ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुने छ ।

केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गते हुने निर्णय भइसकेको छ । नेपाली काँग्रेस, पाल्पाका सभापति वीरबहादुर रानाले कांग्रेसको वडादेखि जिल्ला तहसम्म अधिवेशन निर्धारित समयमा सम्पन्न गर्ने बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १२ : ४४ बजे

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म

चम्पादेवीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन