अझै उठ्न सकेन काठमाडौँका मुख्य चोकका फोहोर « Khabarhub

अझै उठ्न सकेन काठमाडौँका मुख्य चोकका फोहोर


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दिनदेखि फोहोर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन ।

अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहोर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहोरको डङ्गुर अझै उस्तै नै छ ।

नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।

लामो समयदेखि फोहोर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहोर सिसडोल लगिने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

अहिले साविकअनुसार नै फोहोर व्यवस्थापनको काम भइरहको छ । ‘धेरै दिनको सङ्कलित फोहोर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहोर उठिरहेको छ’, प्रमुख श्रेष्ठले भने । अठार दिनको अवधिमा करिब १५ हजार मेट्रिकटन फोहोर जम्मा भएको बताइएको छ ।

गत मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको थियो ।

मङ्गलबारको बैठकले सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि आजदेखि फोहोर व्यवस्थापन हुन थालेको हो ।

कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको १८ हप्तापछि फोहोर व्यवस्थापनको काम भएको हो ।

सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहोर व्यवस्थापन गरिँदै आइएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएको छ ।

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण गरिएको छ । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ ।

सोह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १ : १० बजे

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित