पेटमा हुने समस्या हल गर्न ध्यान दिनुपर्ने कुरा « Khabarhub

पेटमा हुने समस्या हल गर्न ध्यान दिनुपर्ने कुरा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा हुने सबैभन्दा धेरै समस्या पेट सम्बन्धी हुने गर्दछ । गलत खानपान र गलत जीवनशैलीका कारण मानिसको पेट खराब हुने गर्दछ । यसका कारण अल्सर, कब्जियत वा एसिडिटीजस्ता समस्या हुन थाल्छन् । यो समस्याबाट बच्नकालागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

– प्रसस्त पानी
पेटको समस्या हुनबाट बच्न दिनभरी कम्तीमा ८ देखि १० गिलास पानी पिउनु पर्दछ । यसले पेटमा भएको फोहोरलाई बाहिर निकाल्छ र कब्जियत र एसिडिटी हुन पाउँदैन ।

– फाइबरयुक्त खाना
दैनिक खानामा फाइबरयुक्त हरियो सागसब्जी, टुसा उम्रेका गेडागुडी र रसिला फलफूल खाने गरेमा पेट खराब हुनबाट बचाउँछ ।

– धेरै पटक थोरै खाने
एकैपटक धेरै नभई धेरै पटक थोरै थोरै खाना खानु पर्दछ । यसो गर्दा पेट खराब हुदँैन ।

– बोसो कम खाने
खानामा उच्च बोसो भएको सजिलै नपच्ने मासु खाना नखाने । यसो गर्दा पेट खराब हुँदैन ।

– नशा छाड्ने
धेरै चुरोट वा रक्सी पिउने बानी छाड्नु पर्दछ । अन्यथा अल्सर लगायतको समस्या हुन्छ ।

– तनाव नलिने
तनाव नलिँदा रक्तसंचार राम्रो हुन्छ । यसले पाचन क्रिया राम्रो हुन्छ ।

– समयमा खाने
बिहान अनिवार्य खाजा, अबेर बिहान खाना, दिउँसो खाजा र साँझमा हल्का खाना समयमा खानु पर्दछ । यसो गरे सहि तरिकाले पच्ने गर्दछ र कब्जियत हुन पाउँदैन ।

– व्यायाम गर्ने
दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्नु पर्दछ । व्यायाम नसके हिड्नु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : २३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु