चुनौती दिएर भन्छु चीनसँग सीमा विवाद छैन : ओली (भिडियो) | Khabarhub Khabarhub

चुनौती दिएर भन्छु चीनसँग सीमा विवाद छैन : ओली (भिडियो)


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी मुलुक चीनसँग सीमा विवाद नरहेको बताएका छन् । शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘चुनौती दिएर भन्छु चीनसँग सीमा विवाद छैन । यो सरकारलाई चुनौती दिएर भन्न चाहान्छु , यो समितिले सीमा विवाद देखाओस् । कसलाई खुसी पार्न समिति बनाएको ?’

देउवा सरकारले हालै चीनसँगको सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिबको संयोजकत्वमा एक समिति बनाएको छ ।

सरकारले हुम्लाको नाम्खा गाउँपालिकादेखि हिल्सासम्मको सीमा विवादबारे अध्ययन गर्न समिति बनाएको छ । यही विषयमा पूर्वप्रधानमन्त्री ओलीले प्रतिक्रिया दिँदै सीमा विवाद नरहेको ठोकुवा गरेका हुन् ।

एक वर्षअघि नाम्खामा चीनले सीमा मिचेको सार्वजनिक भएपछि पनि तत्कालीन ओली सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो । तर तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीको टोलीले स्थलगत अवलोकन गरी चीनले नेपाली भूमि मिचेको प्रतिवेदन दिएको थियो । नेता शाहीले शनिबार पनि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै चीनले सीमा मिचेको दावी गरेका छन् ।

देउवा सरकारले चीनसँगको सीमा विवादबारे अध्ययन गर्न समिति बनाएपछि त्यसको पक्ष विपक्षमा प्रतिक्रियाहरु आइरहेका बेला शनिबार ओलीले पनि त्यसको विरोध गरेका हुन् । ओलीले भारतसँगको सम्बन्ध पनि यो सरकारले बिगारेको आरोप लगाएका छन् ।

उनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे देउवा सरकारले नबोलेको भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्, ‘बोल्दै बोल्दैनन्, एमीसी के गर्ने हो ? बोल्नु पर्दैन, प्रचण्डले बोल्नु पर्दैन, देउवाले बोल्नु पर्दैन । चुपचापसँग एमसीसी पारित गर्ने नियत देखिएको छ ।’

भेलामा आफ्नो पार्टीको विभाजबारे बोल्दै अध्यक्ष ओलीले आफूले गलत मानिसहरुलाई चुनावमा टिकट दिँदा यो समस्या आएको बताएका छन् । उनले गलत मानिसहरु सांसद भएर आएकोसमेत बताएका छन् । उनले आफ्नै पार्टीको सरकारलाई भोट नदिएर बहिस्कार गरेकोसमेत बताएका छन् । उनले भनेका छन्, ‘हाम्रै पार्टी सूर्य चिन्हबाट चुनाव जितेका नेताहरु नै राष्ट्रपति कहाँ पुगे, सर्वोच्चमा देउवालाई प्रधानमन्त्री तोकिपाउँ भनेर हाम्रै पार्टीका भनिएका नेताहरु गए ।’

उनले एमालेलाई अब विचारमा केन्द्रित, एकतावद्ध, गतिशील पार्टीको रुपमा अगाडि बढाइने बताए । उनले भने, ‘यही आत्मविश्वासका साथ जनतामा जानुहोस् र विजयको तयारी गर्नुहोस् । धेरै थकित भएर ज्वरो नै आउने अवस्थामा पुगेँ। थकाइ मार्न हिँडे ।’

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ४ : ०९ बजे

‘के–फुड’ कार्यक्रम सम्पन्न

काठमाडौं– कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल