एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन  « Khabarhub

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार डा.अरुण शाहीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ । 

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एनएमएलाई पत्र लेख्दै बागमतीबाट उपाध्यक्षका उम्मेदवार बनेका डा.शाहीको उम्मेदवारी यथावत् राख्न भनेको हो । 

यसअघि निर्वाचन समितिले डा.शाहीको उम्मेदवारीमा रित नपुगेको भन्दै खारेज गरिदिएको थियो । निर्वाचन समितिको उक्त निर्णय गैरकानुनी भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

‘नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को नियम विपरीत मनोमानी रुपमा विभिन्न सर्तहरू राखी लोकतान्त्रिक निर्वाचन प्रक्रियामा भाग लिनबाट वञ्चित गर्ने कार्य कानुन विपरीत भएको देखिदा उक्त नियमावली बमोजिम तोकिएको समय सिमाभित सक्कल वारेसनामा वा मन्जुरीनामाबाट उम्मेदवारी दर्ता गरेका चिकित्सकहरूलाई उक्त निर्वाचनमा सहभागी गर्न गराउन हुन आदेशअनुसार अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत जनक कोइरालाले संघलाई लेखेको पत्रमा छ । 

एनएमएको २ र ३ माघमा शाखा कार्यालय र १५, १६ र १७ माघमा केन्द्रीय कार्यालय काठमाडौंमा निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ५२ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ