तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच सर्त « Khabarhub

तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच सर्त


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्लोभानिया– युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच सर्त अघि सारेको छ । युरोपियन युनियनका विदेशमन्त्रीले ती सर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ ।

उक्त बैठकपछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका छन् । उनले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती सर्त राखेको बताए ।

उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ ।

त्यस्तै अर्को सर्तका रुपमा उनीहरुले मानवअधिकारलाई पनि अघि सारेका छन् । अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो सर्तमा अघि सारिएको छ ।

यी सर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन् । (सिन्ह्वा)

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : ४५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी