भदौ २३ मा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस « Khabarhub

भदौ २३ मा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संसद अधिवेशन बोलाउन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । शनिबार बिहान प्रधानमन्त्री देउवाले सभामुख अग्नि सापकोटासँग पनि छलफल गरेका थिए ।

सरकारले हालै राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका छन् । सरकारले अब सो अध्यादेश निष्क्रिय पार्ने तयारी गरिरहेको छ ।

यही भदौ २२ गतेसम्म नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रोज्न एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई समय दिइएको छ । सो समयपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका प्रधानमन्त्री देउवाले अध्यादेश पनि निष्क्रिय पार्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ४ : ४० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र