अभिनयमा आउदै देल्बिस र राज « Khabarhub

अभिनयमा आउदै देल्बिस र राज


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्ममा पछिल्लो दशकमा सन्तान पुस्ताको आगमन बढ्दो छ । अनमोल केसी, सलोन बस्नेत, निरिशा बस्नेत, मनीष श्रेष्ठ, सारुक ताम्राकारलगायतका युवापुस्ताले आफ्नो अभिभावको बिँडो थाम्दै फिल्ममा पाइला चालिसकेका छन् ।

यही क्रममा अब निर्माता दिनेश दर्शनधारी र निर्माता यसोदा राईका छोराद्वय देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फे चाँडै फिल्ममा पाइला चाल्दैछन् । अहिले उनीहरु एक म्यूजिक भिडियोको तयारीमा छन् । म्यूजिक भिडियोको अभिनय पछि फिल्ममा आउने उनीहरुको योजना छ ।

निर्माताद्वय दर्शनधारी र राईको निर्माणमा फिल्म ‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भई सकेको छ भने नयाँ फिल्मको निर्माणका लागि उनीहरु तयारी अवस्थामा छन् । दुवै फिल्मको निर्माण कम्पनी ट्री मिडियाका अनुसार देल्बिस र राजले फिल्ममा अभिनयको तयारी पनि गरिरहेका छन् ।

उनीहरु अहिले नृत्य र अभिनयको प्रशिक्षण लिइरहेका छन् । आफूहरु फिल्मकर्मीको सन्तान मात्र नभएर अभिनय क्षमता पनि भएर कला क्षेत्रमा आउन लागेको खुलाए । उनीहरु दुवैजना मुभील्याण्ड ग्रुप अफ कम्पनीको बोर्ड अफ डिरेक्टर हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : १३ बजे

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा