उपेन्द्र यादवले मधेसमा जातीय विषको विजारोपण गरेको महतोको आरोप « Khabarhub

उपेन्द्र यादवले मधेसमा जातीय विषको विजारोपण गरेको महतोको आरोप


१९ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् । उनले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी दिए ।

जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले आफूलाई मधेसमा एउटा वैकल्पिक शक्ति निर्माणको लागि अग्रसर भइरहेको अवस्थामा उपेन्द्रसँग पार्टी एकता गरे पनि उनले धोका दिएको आरोप लगाए । उनले भने, ‘हामी मधेसी एकतावाद जिन्दावादको नारा लगाउँदै थियो, उपेन्द्रसँग एकता गरियो । तर उनले एकतालाई गलत रुपमा बुझे । जसकारणले एकता टिकेन ।’

महतोले मधेसको जनतालाई अब मुर्ख बनाउन नसकिने भन्दै सारा परिस्थितिको विषयमा जनता जानकार रहेको कारणले आउने दिनमा सबै परिस्थितिलाई लिएर जनताको बिचमा जाने बताए । उनले केही व्यक्तिलाई लोभ दिएर आफूतर्फ ताने पनि केही दिनमा उनीहरुको भ्रम निवारण भएर पछुतो मात्रै गरिने ठाउँ रहेको बताए ।

तपाईहरुको धेरै कार्यकर्ताहरु उपेन्द्र यादवतिर गएको प्रश्नमा महतो आफूहरु पार्टी बनाउन खोजेको कारणले उनीहरुको स्वार्थलाई पूर्ति गर्न नसक्दा उता गए पनि आउने दिनमा उपेन्द्रको साथ छाड्ने दाबी गरे । महतोले उपेन्द्र यादव अहिले पनि कम्युनिस्ट मानसिकताबाट माथि उठ्न नसकेको बताउँदै उपेन्द्र पक्षले देखावटी रुपमा मधेसको कुरा गरेपनि वास्तविकरुपमा मधेस पक्षधर नरहेको अरोप लगाए ।

महतोले पार्टी निर्माणको क्रममा आफूहरु निस्वार्थभावले लागे पनि त्यसलाई उपेन्द्र यादवले दुरुपयोग गरेको र आफ्नो पार्टीलाई फुटबाट जोगाउनको निमित्त प्रयोग गरेको आरोप लगाए ।

महतोले वर्तमान सरकारलाई माग मुद्दाको आधारमा समर्थन गरिएको र प्रतिबद्धताअनुसार मधेसको मुद्दा सम्बोधन नगरे देउवा सरकारविरुद्ध सडकमा उत्रिने चेतावनी दिए ।

वर्तमान सरकारको व्यवहारअनुसार लोसपाले सरकारको विरोध र आलोचना गर्ने महतोको भनाइ छ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ८ : ०५ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको