अध्यक्षसहित ३५ जिल्ला कमिटी सदस्य एकीकृत समाजवादीमा | Khabarhub Khabarhub

अध्यक्षसहित ३५ जिल्ला कमिटी सदस्य एकीकृत समाजवादीमा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमाथाङ्का– नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकबाट उनीहरूले एकीकृत समाजवादीलाई समर्थन गर्ने घोषण गरेका हुन् ।

जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा एमालेका २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीमा खुलेका छन् । सचिवालय सदस्य ऋषिकेशव चापागाईँ, कृष्णकुमार तामाङ, मानसिं पोखरेल, बद्री सापकोटा, सुमन शाक्य, केशरबहादुर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बरबहादुर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङ एकीकृत समाजवादी पार्टीमा लागेको हेमराज घिमिरेले बताए ।

त्यसैगरी जिल्ला समन्वय समिति सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठलगायत वडाध्यक्ष, सदस्यहरूको सनाखत गराउने तयारी भइरहेको जनाइएको छ । माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटी उपाध्यक्ष भीम लिङ्खा भने अहिले कतै खुलेका छैनन् । एमाले पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन् । प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराइसकेका छन् ।

एकीकृत समाजवादीका बैठक सोमबारसम्म चल्ने घिमिरेले बताए । तीन दिनसम्म बैठकले आगामी रणनीति तयार गर्ने एकीकृत समाजवादी सङ्खुवासभाले जनाएको छ । शनिबारबाट सुरु भएको बैठक सोमबारसम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : ५५ बजे

लोमान्थाङमा च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना

म्याग्दी– मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङ्ग्राको भुवा

‘एक्टर’को काम सकाएर अमेरिका फर्किए नायक राजबल्लभ

काठमाडौं– फिल्म ‘एक्टर’का लागि नेपाल आएका नायक राजबल्लभ कोइराला अमेरिका

शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा

पेट्रोलियम ट्यांकर चालकको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

काठमाडौं- तीन दिनदेखि आन्दोलित नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति

जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो

कोलकाता- भारतको पश्चिम बंगाल राज्यस्थित नयाँ जलपाईगुडीमा सोमबार बिहान रेल दुर्घटनामा