हत्या आरोपमा दुई जना पक्राउ « Khabarhub

हत्या आरोपमा दुई जना पक्राउ


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराए ।

किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।

युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो ।

घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो । लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे  अनुसन्धान गर्ने जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ४० बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं