साउदीमा कम्पनीले यी ९ अवस्थामा कामदारलाई बिना अग्रिम सूचना हटाउन सक्ने « Khabarhub

साउदीमा कम्पनीले यी ९ अवस्थामा कामदारलाई बिना अग्रिम सूचना हटाउन सक्ने


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक साउदी अरबले ९ अवस्थामा आप्रवासी कामदारलाई बिना अग्रिम सूचना बर्खास्त गरेर स्वदेश पठाउन सक्ने भएको छ ।

साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयले देहायका ९ अवस्थामा रोजगारदाता कम्पनीले कामदारलाई बिना अग्रिम सूचना, सेवा समाप्तिमा दिइने बोनससमेत नदिएर रोजगारको करारना तत्काल अन्त्य गरी बर्खास्त गर्नसक्ने जनाएको छ ।

– कम्पनीका कसैसंग पनि हातपात (झगडा) गरेमा

-करारनामामा उल्लेखित काम नगरेमा

-रोजगारदाताले दिएको निर्देशन पालना नगरेमा

-कम्पनीको शाख र बिश्वसनियतामा नै आंच पुग्ने कुनै पनि गलत कार्यमा संलग्न भएमा

-कम्पनीको धनमालमा क्षति पुर्‍याएमा

-रोजगार पाउनका लागि फर्जी कागजात प्रयोग गरेको ठहरेमा, परीक्षण कालमा

– एक करार अवधिमा जम्मा ३० दिन या लगातार १५ दिन ड्युटी नगरेमा

– कम्पनीको पदको दुरूपयोग गर्दै ब्यक्तिगत फाइदा लिएको भेटिएमा

–  कम्पनीको औद्योगिक या ब्यापारिक गोपनियता भंग गरेमा

हाल साउदीमा करिव ३ लाख ५० हजारको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ । नेपाल सरकारले साउदीका लागि २ वर्ष करार अवधिको श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : ३५ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको