साउदीमा कम्पनीले यी ९ अवस्थामा कामदारलाई बिना अग्रिम सूचना हटाउन सक्ने « Khabarhub

साउदीमा कम्पनीले यी ९ अवस्थामा कामदारलाई बिना अग्रिम सूचना हटाउन सक्ने


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक साउदी अरबले ९ अवस्थामा आप्रवासी कामदारलाई बिना अग्रिम सूचना बर्खास्त गरेर स्वदेश पठाउन सक्ने भएको छ ।

साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयले देहायका ९ अवस्थामा रोजगारदाता कम्पनीले कामदारलाई बिना अग्रिम सूचना, सेवा समाप्तिमा दिइने बोनससमेत नदिएर रोजगारको करारना तत्काल अन्त्य गरी बर्खास्त गर्नसक्ने जनाएको छ ।

– कम्पनीका कसैसंग पनि हातपात (झगडा) गरेमा

-करारनामामा उल्लेखित काम नगरेमा

-रोजगारदाताले दिएको निर्देशन पालना नगरेमा

-कम्पनीको शाख र बिश्वसनियतामा नै आंच पुग्ने कुनै पनि गलत कार्यमा संलग्न भएमा

-कम्पनीको धनमालमा क्षति पुर्‍याएमा

-रोजगार पाउनका लागि फर्जी कागजात प्रयोग गरेको ठहरेमा, परीक्षण कालमा

– एक करार अवधिमा जम्मा ३० दिन या लगातार १५ दिन ड्युटी नगरेमा

– कम्पनीको पदको दुरूपयोग गर्दै ब्यक्तिगत फाइदा लिएको भेटिएमा

–  कम्पनीको औद्योगिक या ब्यापारिक गोपनियता भंग गरेमा

हाल साउदीमा करिव ३ लाख ५० हजारको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ । नेपाल सरकारले साउदीका लागि २ वर्ष करार अवधिको श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : ३५ बजे

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान