इपिएल क्रिकेट : भैरहवाद्वारा चितवन ६ विकेटले पराजित « Khabarhub

इपिएल क्रिकेट : भैरहवाद्वारा चितवन ६ विकेटले पराजित


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले चितवन टाईगर्सलाई ६ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १६५ रनको विजयी लक्ष्यलाई भैरहवाले १७ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । भैरहवाको जीतमा प्रदीप ऐरीले सर्वाधिक ७२ रनको योगदान गरे । उनले ४३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।

त्यस्तै तमिम इकबाल ४० रनमा आउट हुँदा उपुल थरङ्गा ३९ रनमा अविजित रहे । रोहित पौडेल छ र आरिफ शेख एक रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे । चितवनका लागि करिम जनतले सर्वाधिक दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले एक-एक विकेट हात पारे । जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो ।

भैरहवाले यो तेस्रो जीत हो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

चितवनका लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद सहजादले ३२ रन जोडे । सिकुगे प्रसन्नाले २४ रन जोड्दा कमलसिंह ऐरी सात रनमा अविजित रहे । भिस सार्की १६, राजेश पुलामी १४, दिलीप नाथ १३, देव खनाल पाँच र खडक बोहरा एक रनमा आउट भए ।

भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट लिए भने कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक–एक विकेट लिए । अघिल्ला चार खेल जितेर आठ अङ्क बटुलेको चितवन अङ्क तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

तीन जीतबाट छ अङ्क बटुलेको भैरहवा भने दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  २ : २१ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध