स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ‘काशीको सम्झना’ कार्यक्रम गर्दै « Khabarhub

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ‘काशीको सम्झना’ कार्यक्रम गर्दै


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘सम्पर्क भारत नेपाल’ले काशी-प्रवासमा रहेका नेपालीहरूको सम्झनामा ‘काशीको सम्झना’ कार्यक्रम गर्ने भएको छ ।

भारतीय दूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले काठमाडौँमा मंगलबार उक्त कार्यक्रमको गर्न लागेको हो । दिउँसो ३ : ३० देखि अपराह्न ५ :३० बजे सम्म उक्त कार्यक्रम सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिने दूतावासले जनाएको छ ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ, किरण मानन्धर लगायतको सहभागीता रहनेछ । उनीहरुसँग प्रवास संस्मरणबारे इला शर्माले संवाद गर्ने जनाइएको छ । संवादमा उनीहरुले शैक्षिक मातृ संस्था एवं काशी शहरमा बिताएका आफ्ना अनुभव सुनाउनेछन् ।

‘काशीको सम्झना’ श्रृंखलाले सन १९२० देखि १९८० सम्मको दशकहरुलाई मात्र समेट्ने आयोजकले जनाएको छ ।

‘सम्पर्क भारत नेपाल’ले भारतमा शिक्षा हासिल गरेका नेपालीहरुलाई एउटै मन्चमा ल्याउने प्रयास गरिरहेको छ । यस संगठनले नेपाल-भारत सम्बन्धका विषयमा बौद्धिक, सांस्कृतिक एवं सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ५० बजे

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा