स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ‘काशीको सम्झना’ कार्यक्रम गर्दै « Khabarhub

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ‘काशीको सम्झना’ कार्यक्रम गर्दै


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘सम्पर्क भारत नेपाल’ले काशी-प्रवासमा रहेका नेपालीहरूको सम्झनामा ‘काशीको सम्झना’ कार्यक्रम गर्ने भएको छ ।

भारतीय दूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले काठमाडौँमा मंगलबार उक्त कार्यक्रमको गर्न लागेको हो । दिउँसो ३ : ३० देखि अपराह्न ५ :३० बजे सम्म उक्त कार्यक्रम सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिने दूतावासले जनाएको छ ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ, किरण मानन्धर लगायतको सहभागीता रहनेछ । उनीहरुसँग प्रवास संस्मरणबारे इला शर्माले संवाद गर्ने जनाइएको छ । संवादमा उनीहरुले शैक्षिक मातृ संस्था एवं काशी शहरमा बिताएका आफ्ना अनुभव सुनाउनेछन् ।

‘काशीको सम्झना’ श्रृंखलाले सन १९२० देखि १९८० सम्मको दशकहरुलाई मात्र समेट्ने आयोजकले जनाएको छ ।

‘सम्पर्क भारत नेपाल’ले भारतमा शिक्षा हासिल गरेका नेपालीहरुलाई एउटै मन्चमा ल्याउने प्रयास गरिरहेको छ । यस संगठनले नेपाल-भारत सम्बन्धका विषयमा बौद्धिक, सांस्कृतिक एवं सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ५० बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता