इन्डोनेसियाको बाली विदेशी पर्यटकहरुलाई खुला « Khabarhub

इन्डोनेसियाको बाली विदेशी पर्यटकहरुलाई खुला


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरसको महामारीका कारण बन्द भएको पर्यटन आवागमन इन्डोनेसियामा पनि शुरु हुन लागेको छ ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पर्यटकीय क्षेत्र बालीमा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि आउन अनुमति दिन लागिएको हो ।

अन्तर्राष्ट्रिय उडानबाट बाली आउन चाहनेहरुलाई आगामी अक्टोबर १४ देखि खुल्ला गरिने अधिकारीहरुको भनाइ छ । दक्षिण कोरिया, चीन, जापान, न्युजिल्यान्डसँगै यूएई, दुबईलगायत देशका पर्यटकहरुलाई स्वागत गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका लागि आउनेहरुलाई अनुमति दिनु पूर्व इन्डोनेसियाको होटलमा कम्तीमा आठ दिन “बुकिङ गरेको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ । त्यो अवधिमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको हो ।

त्यसैगरी पर्यटकहरुले स्वास्थ्य परीक्षण गरी निरोगी भएको वा कोरोनाभाइरसबाट सङ्क्रमित नभएको प्रमाण पनि पेस गर्नुपर्ने सर्त राखिएको छ । सरकारले स्वदेशी तथा विदेशी सबैलाई सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र अन्य स्वास्थ्य सतर्कताहरु अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : ५१ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२