नारायण गोपाल सम्मान पुरस्कार जोशीलाई प्रदान « Khabarhub

नारायण गोपाल सम्मान पुरस्कार जोशीलाई प्रदान


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- गत वर्षको नारायण गोपाल स्मृति सम्मान झापाको दमकमा रहेर लामो समयदेखि लोकगीत/ संगीतमा क्रियाशील लक्ष्मीप्रसाद एलपी जोशीलाई प्रदान गरिएको छ ।

नारायणगोपाल संगीत कोषले सोमबार दमकमै सम्मान प्रदान गरेको हो । नारायण गोपालको ३० औं स्मृति दिवसका अवसरमा गत मंसिर १९ गते नै सो पुरस्कार प्रदान गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण त्यस समयमा सम्भव नभएको कोषका वरिष्ठ संगीत प्रशिक्षक राजकुमार श्रेष्ठले बताए ।

कोषले पहिलो पटक काठमाडौ बाहिर कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरेको श्रेष्ठले बताए । भारतको दार्जिलिङ्का संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्य र कोषका महासचिव दीपक केसीको अध्यक्षतामा भएको कार्यक्रममा जोशीलाई नगद २५ हजार रुपैयाँ सहितको सम्मान प्रदान गरिएको हो ।

सम्मानित जोशी ६ दशक देखि नेपाली लोकगीत संगीतमा क्रियाशील छन् । उनका रिटिङ् रिटिङ् नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो लगायतका गीतहरु चर्चित छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ४५ बजे

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने