दराजको गाला लाइभ आउँदो २४ गते, दर्शकलाई उपहार जित्ने अवसर | Khabarhub Khabarhub

दराजको गाला लाइभ आउँदो २४ गते, दर्शकलाई उपहार जित्ने अवसर


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही नोभेम्बर ११ अथार्तत ११.११ को पूर्वसन्ध्यामा अनलाइन सपिङ दराजले ११ जना प्रख्यात सेलिब्रेटीहरू सहित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी र मालभिका सुब्बासँग दराज प्रयोगकर्ताहरूका लागि भव्य गाला लाइभ आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेस स्टुडियोको साङ्गीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलहरू हुनेछन् । दराज प्रयोगकर्ताका लागि नयाँ टीभीएस रेडर लगायतका पुरस्कारहरू जित्ने मौका हुने दराजले जनाएको छ ।

उक्त कार्यक्रम दराज एपको नयाँ दराज लाइभ फिचर मार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

विगत केही वर्षहरूमा लाइभस्ट्रिमिङ निकै लोकप्रिय हुँदैछ । कोभिड महामारीमा धेरै ब्रान्ड, बिक्रेता, व्यवसाय र उपभोक्ताहरूले व्यापार, संलग्नता, र मनोरञ्जनको नयाँ तरिकाको खोजीमा आफ्नो ऊर्जा अनलाइनमा लगाए पनि लाइभस्ट्रिमिङको लोकप्रियता बढेको हो ।

लाइभस्ट्रिमिङ अहिले आफैँमा एक ठूलो उद्योग भएको छ । चीनको लाइभस्ट्रिमिङ उद्योगमात्र करिब ५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ । विश्वव्यापी रूपमा लाइभ स्ट्रिमिङ उद्योग २०२७ सम्ममा १८४ दशमलव ३ अर्ब अमेरिकी डलर हुने अपेक्षा छ ।

दराजले २०७८ भदौमा देशको पहिलो इन–एप सपिङ लाइभ स्ट्रिम दराज लाइभ प्रयोगकर्ताको सामु पेश गरेको थियो ।  नेपालमा अनलाइन किनमेल पुनः आविष्कार गर्ने दृष्टिले अलिबाबाको अनुभव, अन्तरदृष्टि र प्रविधिहरूको सदुपयोग गर्दै, दराज लाइभ प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

वर्षकै सबैभन्दा ठूलो सेल ११.११ को बारेमा थप जान्न र सङ्कलन गर्न मिल्ने धेरै भाउचरहरू जित्न, दराजले आफ्ना प्रयोगकर्ताहरूलाई नोभेम्बर १ देखि दराज एपमार्फत दैनिक दराज लाइभमा जोडिन सिफारिस गर्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ११ : २८ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्