दराजको गाला लाइभ आउँदो २४ गते, दर्शकलाई उपहार जित्ने अवसर « Khabarhub

दराजको गाला लाइभ आउँदो २४ गते, दर्शकलाई उपहार जित्ने अवसर


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही नोभेम्बर ११ अथार्तत ११.११ को पूर्वसन्ध्यामा अनलाइन सपिङ दराजले ११ जना प्रख्यात सेलिब्रेटीहरू सहित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी र मालभिका सुब्बासँग दराज प्रयोगकर्ताहरूका लागि भव्य गाला लाइभ आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेस स्टुडियोको साङ्गीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलहरू हुनेछन् । दराज प्रयोगकर्ताका लागि नयाँ टीभीएस रेडर लगायतका पुरस्कारहरू जित्ने मौका हुने दराजले जनाएको छ ।

उक्त कार्यक्रम दराज एपको नयाँ दराज लाइभ फिचर मार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

विगत केही वर्षहरूमा लाइभस्ट्रिमिङ निकै लोकप्रिय हुँदैछ । कोभिड महामारीमा धेरै ब्रान्ड, बिक्रेता, व्यवसाय र उपभोक्ताहरूले व्यापार, संलग्नता, र मनोरञ्जनको नयाँ तरिकाको खोजीमा आफ्नो ऊर्जा अनलाइनमा लगाए पनि लाइभस्ट्रिमिङको लोकप्रियता बढेको हो ।

लाइभस्ट्रिमिङ अहिले आफैँमा एक ठूलो उद्योग भएको छ । चीनको लाइभस्ट्रिमिङ उद्योगमात्र करिब ५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ । विश्वव्यापी रूपमा लाइभ स्ट्रिमिङ उद्योग २०२७ सम्ममा १८४ दशमलव ३ अर्ब अमेरिकी डलर हुने अपेक्षा छ ।

दराजले २०७८ भदौमा देशको पहिलो इन–एप सपिङ लाइभ स्ट्रिम दराज लाइभ प्रयोगकर्ताको सामु पेश गरेको थियो ।  नेपालमा अनलाइन किनमेल पुनः आविष्कार गर्ने दृष्टिले अलिबाबाको अनुभव, अन्तरदृष्टि र प्रविधिहरूको सदुपयोग गर्दै, दराज लाइभ प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

वर्षकै सबैभन्दा ठूलो सेल ११.११ को बारेमा थप जान्न र सङ्कलन गर्न मिल्ने धेरै भाउचरहरू जित्न, दराजले आफ्ना प्रयोगकर्ताहरूलाई नोभेम्बर १ देखि दराज एपमार्फत दैनिक दराज लाइभमा जोडिन सिफारिस गर्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ११ : २८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल