तिहारमा कैलालीमा फूल अभाव, कृत्रिम फूलमालाको बिक्री बढ्यो « Khabarhub

तिहारमा कैलालीमा फूल अभाव, कृत्रिम फूलमालाको बिक्री बढ्यो


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा यस वर्ष तिहारका लागि फूलको अभाव देखिएको छ । लगातारको वर्षाका कारण फूलमा क्षति भएपछि फूल अभाव भएको व्यवसायी बताउँछन् ।

स्थानीयका अनुसार बजारमा फूल अभाव देखाउँदै व्यवसायीले महंगाेमा फूल बेच्न थालेका छन् । ‘धेरै ठाउँमा फूल पाइँदैन,’ धनगढी-३ की पुष्पा भट्टले भनिन्, ‘पाइहाले पनि निकै महंगो मूल्य भनिरहेका छन्, घरमा पनि फूलको अभाव छ । वर्षाअघि राम्रो फस्टाएको फूल अहिले ओइलाएको छ । जसकारण दिदीबहीनीलाई माला बनाउन समस्या भएको छ ।’

वर्षाका कारण फूल खेतीमा नोक्सानी भएकाले फूलको अभाव हुने देखिएको हो । कात्तिक पहिलो साताको वर्षाका कारण फूलखेतीमा क्षति भएको पुष्प व्यवसायीहरूले बताएका छन् । फूल अभाव भएपछि कैलालीमा कृत्रिम फूलको व्यापार फस्टाएको धनगढीस्थित पुष्प व्यवसाी पुष्पराज पन्तले बताए । उनका अनुसार प्राकृतिक फूल अभाव रहेको देखिएपछि भारतबाट करोडौंको कृत्करि फूल भित्रिएका छन् ।

दुई लाख लगानी गरेर लगाइएको फूल वर्षाले नष्ट गरेको उनले बताए । दुई लाख लगानी गरेर पाँच लाखसम्म आम्दानी हुन्छ भन्ने अनुमान गरिएको बताउँदै उनले वर्षाका कारण लगानी समेत नष्ट भएको उनकाे भनाइ छ । ‘रोप्ने, गोडमेल गर्नेदेखि अहिलेसम्म दुई लाख बढी खर्च लाग्यो,’ उनले भने, ‘त्यो सबै लगानी वर्षाले बगायो, जसका कारण फूल अभाव हुनका साथै लाखौंको नोक्सानी भएको छ ।’ वर्षाका कारण आफूले डेढ बिघा जमिनमा लगाएको फूलका बोट औइलाएको उनले बताए ।

गत वर्ष कोरोना महामारीका कारण त्यति फूल खेती गर्न नपाइएको तर यस वर्ष वर्षाका कारण फूलखेती नष्ट हुँदा व्यवसाय नै छोड्नेपर्ने अवस्थामा पुगेको उनी बताउँछन् । ‘अब फूलको बीउ कसरी संरक्षण गर्ने भन्ने पिरलो परेको छ,’ उनले भने, ‘दुई वर्षसम्म घाटा खाएपछि व्यवसायमा टिक्न सक्ने अवस्था पनि रहेन ।’

धनगढी-२ का फूल व्यवसायी चन्द्रबहादुर नेपालीले बाढीका कारण फूल नष्ट भएपछि कृत्रिम फूल र माला बेच्न थालेको बताए । ‘बीउ नपाउँदा भनेजति फूल खेती गर्नै पाइएको थिएन,’ उनले भने, ‘लगाएको खेती पनि वर्षाले नष्ट गरेपछि कृत्रिम फूलको कारोवार गर्न थालेको छु ।’ दुई वर्ष लगातार फूल व्यवसायमा नोक्सानी व्यहोर्नुपरेको उनले बताए । यस वर्ष पाँच कठ्ठा जमिनमा फूलखेती गरेको उनले बताए ।

फूल नभएपछि आफ्ना नियमित ग्राहकलाई फर्काउनु परेको उनको दुःखेसो छ । ‘ग्राहकहरू फूलका लागि घरमै पुग्न थालेका छन्,’ उनले भने, ‘तर बारीमा फूल छैन, ग्राहकलाई रित्तै फर्काउनुपर्दा मन भारी हुन थालेको छ ।’ वर्षाले बचेको फूलबाट माला बनाएर ग्राहकलाई प्रति माला एक सय ५० देखि दुई सय ५० रुपैयाँसम्म बिक्री गर्ने गरेको उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १२ : ३५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक