सत्ता गठबन्धनमाथि शंका नगर्नुहोस्, यो पूरै समय चल्छ: प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

सत्ता गठबन्धनमाथि शंका नगर्नुहोस्, यो पूरै समय चल्छ: प्रधानमन्त्री देउवा


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताएका छन् ।

संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले वर्तमान सत्तारुढ गठबन्धन पूरै समय चल्ने र यसमा कुनै शङ्का गर्न नहुने स्पष्ट पारे ।

उनले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनका सम्बन्धमा कुनै किसिमको शङ्का उपशङ्का आवश्यक छैन ।’

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १२ : ४३ बजे

‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

वीरगञ्ज– मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज

ज्योति विकास बैंकले पायो ‘आईएसओ २७००१:२०२२’ प्रमाणपत्र​

काठमाडौं– ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता