शाहरुख खानलाई राहुल गान्धीको पत्र « Khabarhub

शाहरुख खानलाई राहुल गान्धीको पत्र


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको छोरा आर्यन खान लागुऔषध मामलामा बलिउडमा निकै छाए । यद्यपि उनले अक्टोबर ३० मा अदालतबाट जमानत पाइसकेका छन् । तर पनि शाहरुख र गौरी छोराका लागि उत्तिकै चिन्तित छन् । उनीहरु आर्यनको मानसिक स्वास्थ्यमा ध्यान दिइरहेका छन् ।

यहीबीचमा काँग्रेस नेता राहुल गान्धीले गत महिना अक्टोबर १४ मा शाहरुख र गौरीलाई एक पत्र लेखेको खुलेको छ । उनले पत्रमा आर्यनको लागुऔषध मामलामा नाम आएपछि आफू चिन्तित भएको उल्लेख गरेका थिए ।

पत्रमा राहुलले शाहरुख र गौरीले भोगेको पीडालाई आफूले महशुस गर्ने उल्लेख गरेका थिए । उनले कसैको पनि सन्तान यस किसिमको पीडालाई स्वीकार्न नसक्ने जनाएका थिए । राहुलले आफूले शाहरुखलाई आम मानिसका लागि राम्रो काम गरेको देखेको लेखेका थिए । पत्रमा शाहरुखका लागि फ्यानले गरेको प्रार्थना र शाहरुखको सकारात्मक कामले आर्यन छिट्टै रिहा हुनेमा आफू आशावादी रहेको जनाएका थिए ।

मुम्बईबाट गोवातर्फ जान लागेको क्रुजमा भएको ड्रग्स पार्टीमा आर्यनसहित ८ जना पक्राउ परेपछि उनी २८ दिनसम्म मुम्बईस्थित आर्थर रोड जेलमा थिए । उनलाई अदालतले जमानतमा रिहा गरे पनि उनले कैयौं शर्त पालना गर्नुपर्नेछ । जसअनुसार प्रत्येक शुक्रबार एनसीबीको भवनमा बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म आर्यन बस्नुपर्नेछ । उनले अन्य आरोपीसँग सम्पर्क गर्न पाउनेछैनन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  २ : १२ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु